नेपाल राज्यको एकीकरण गर्ने श्रेय गोरखा जिल्लालाई दिने गरिन्छ । तत्कालीन अवस्थामा लिगलिग भन्ने ठाउँमा घले थरका मगरहरुले राज्य गर्दथे । त्यहाँ प्रत्येक वर्षविजयादशमीका दिन दैडमा प्रथम हुनेलाई राजा बनाउने प्रचलन थियो । त्यस उत्सवलाई हेर्न उपस्थित भएको बेला द्रब्य शाहरले अप्रत्याशित रुपमा आक्रमण गरी त्यहाँ आफ्नो प्रभुत्व कायम गरे । लिंगलिंगकोट माथि विजय भएपछि तुरुन्तै गोरखा आक्रमण गरी १५ दिनसम्म युद्ध भएकोले प्रथम पराजयले उनलाई खासै असर पारेको थिएन भने भागिरथ पन्त, गणेश पाण्डे, र्सर्वेश्वर खनाल, गंगाराम राना, गजानन भट्टर्राई, केशव बोहोरा, मुरली खवासहरुले उनको उत्साहलाई बर्ढाईरहेका थिए । द्रब्य शाहका सैनिकहरु थापा, भुसाल, मास्के, रानाहरु समेतले गोरखाका राजाको दरबारलाई घेरी आक्रमण गरे। द्रब्य शाहको हतियारबाट खड्का राजाले वीरगति प्राप्त गरे । यस प्रकार वि.सं. १६१६ भाद्र २५ मा द्रव्य शाह गोरखाका राजा भए।