Nepal flag
  View In English                      होमपेज : ईमेल चेक   
  » वेवसाइट अध्यावधिक गरिएको जानकारी       » जानकारी      
  + अरु सुचनाहरु पढ्नुहोस्  
गा.वि.स.हरू महत्वपुर्ण निर्णयहरु सहयोगी संस्थाहरु जनच‌ेतना अभियान फोटो ग्यालरी गैरसरकारी संस्थाहरु
 
श्रावण २०६७
सोमंबुबिशु
 ०१
०२०३०४०५०६०७०८
०९१०१११२१३१४१५
१६१७१८१९२०२१२२
२३२४२५२६२७२८२९
३०३१ 
सुचनाहरु
  जानकारी - २०६६-१०-०२
----------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------

यस जिल्ला विकास समितिको कार्यलय गोरखामा सुचना तथा अभिलेख केन्द्र रहेको छ। जिल्ला विकास समितिको कार्यलयको सवैभन्दा माथिल्लो तलामा रहेको सुचना तथा अभिलेख केन्द्रमा विभिन्न पत्र पत्रिकाहरु पाठ्यपुस्तक, वुलेटिन, प्रतिवेदनहरु अध्ययन गर्नका लागि उपलव्ध छन। यस जिल्ला र अन्य जिल्ला वाट प्राप्त भएका सुचना तथा तथ्याङकहरु यस केन्द्रवाट सहजरुपमा उपलव्ध गराउने व्यवस्था गरिएको छ। यस जिल्लाको श्रोत नक्शा (Resource Map) प्रकाशनको क्रममा छ। यस कार्यालयको वेव साइट  WWW.ddcgorkha.gov.np हो, यसमा यस कार्यालयसग सम्वन्धित गतिविधिहरु जानकारी लिन सकिन्छ। यस कार्यालयवाट सशुल्क तथा निशुल्क रुपमा देहाय वमोजिमका सन्दर्भ सामाग्रीहरु उपलव्ध हुने भएकोले यी सामाग्रीहरु अध्ययन गर्नु भई यसको उपयोग गर्नुभएमा हामी आभारी हनेछौ। साथै यस जिल्ला पार्श्व चित्रमा केहि त्रुटी/अशुद्धि एवं अपुरो/अधुरो तथ्याङक जानकारी भएमा यस केन्द्रमा सम्पर्क गरी यहांको अमुल्य सुझावका लागि अनुरोध गर्दछौ।

१- पुस्तकालय संवन्धि सुविधा

पत्र-पत्रिका,पाठ्य सामाग्री, प्रशासन व्यवस्थापनका उपयोगी पुस्तिका, साहित्यिक कृतिहरु

२- यस कार्यालयवाट प्रकाशित भएका वुलेटिन, निर्देशिका, प्रतिवेदन, व्रोशियर, जिल्ला पार्श्व चित्र तथा अन्य प्रतिवेदन एवं जानकारीहरु

३- अन्य प्रकाशनहरु

सम्पर्क राख्ने व्यक्ति

पार्वती अधिकारी

कार्यक्रम अधिकृत

सुचना तथा अभिलेख केन्द्र

जिल्ला विकास समितिको कार्यालय,

गोरखा

फोन नं.- ०६४-४२०१४४

Web site- WWW.ddcgorkha.gov.np

Email-info


----------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------
2008-01-12

<< बाँकी सुचनाहरु

 
 
© वि. सं. २०६५-२०६६ ॥ सर्वाधिकार सुरक्षित